म सुबाश रेग्मी संग झगडा गर्छु ( बद्रि पंगेनी )
पाल्पाको रामपुरमा जन्मिएर काठमाडौँलाई आफ्नो कर्म थलो मान्दै नेपाली गीत संगीतमा क्रियासिल जन गाएक बद्रि पंगेनीको आम जनसमक्ष्य छुट्टै पहिचान रहेको छ , तानसेन खसेउलि लोक दोहोरी गीत बाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका पंगेनीको हाल सम्म करिब चार देखि पाँच दर्जन सम्म गीत श्रोता दर्शक माझ प्रस्तुत भैसकेको छ , यद्यपि सबै गीतको लेखा जोका नराखिएको उनि बताऊछन् , एक जमाना थियो नेपाली गीत संगीतलाई क्यासेटको रिल मार्फत श्रोताहरुले किनेर धित नमरुञ्जेल सुन्ने , जुनबेला उनको आफ्नै गीति एल्बम ,, ससुरालीमा ,, बजारमा छरपस्ट भएका थिए , करिब दुइ लाख सत्तरी हजार भन्दा माथि अडियो कभरमा हस्ताक्ष्यर गर्दा उनि बिगतलाई स्मरण गर्छन र त्यो दन्त्य कथा भएको बताऊछन् |
प्रस्तुत छ बिन्दबासिनी म्युजिक डट कम का लागि राजु बोहरा संग गरिएको बद्रि पंगेनीको भलाकुसारी |
बद्रि जी नमस्कार !
नमस्कार सम्पूर्ण अनलाइन परिवार र पाठक हरुमा
कति सालको जन्म यहाँको ?
जन्म चाहिँ सोध्नै पर्ने हुन्छ एक चोटी , आमा बित्नु भयो बुवा गाँउमा हुनुहुन्छ ठ्याक्कै चाहिँ बिर्से है मैले ,, हा हा हा हा हा ,, ठ्याक्कै असर १६ मंगलबार बिहान ११ बजे हो , त्यहि कारण चिना छैन मेरो |
परिवारमा कति जना सदस्य हुनुहुन्छ ?
मेरो बुवा हुनुहुन्छ , श्रीमती , छोरी , भाई बुहारी भाईको छोरा , गर्दाखेरी हाम्रो परिवारमा भनेको छ सात जना छौं , म परिवारको जेठो छोरो हुँ |
गीत संगीतको सरुवात कैले देखि गर्नु भयो बद्रि जी ?
अनऔपचारिक रुपमा त मैले बच्चै हुँदा नौ दश वर्ष देखिने सुरुवात गरेको हुँ , ब्यवसाईक रुपमा नै लागेको पनि भयो होला नि पन्द्र बिश वर्ष |
पहिलो गीत कुन गाउँनु भएको थियो ?
तानसेन खसेउलि |
पहिलो गीत गाँउदाको अनुभूति ?
हेर्नुस अब यो के छ भने पहिला गाँउमा बसेर यति सानो रेडियो मा पसेर नारायण रायमाझी , पुर्सोत्तम न्यौपाने , बम बहादुर कार्की , राजन लम्साल , हरुले कसरी गाएका होलान भनेर कल्पना गर्ने केटो , काठमाडौँ आएर आफै स्टुडियोमा गीत गाउँदा को अनुभब त म सब्दमा ब्यक्त गर्ने सक्दिन , कति बेला चाही अब त्यो गीत रेकर्ड सम्पन्न होला अनि रिल मा हालेर सुन्न पाईएला भनेर,भोलि रेकर्ड गर्ने भन्दा पनि निन्द्रा लागेन रेकर्ड गरे पछि पनि निन्द्रा लागेन |
अहिले आमश्रोता माझ एउटा सेलीब्रेटिको रुपमा परिचित हुनुहुन्छ यो स्थान सम्म आई पुग्नलाई कत्तिको संघर्स गर्नु परयो ?
अब यो के छ भने म एउटा सामान्य किसान को एउटा मध्यम वर्ग परिवारको त्यो पनि पाल्पाको बिकट गाउँ जहाँ जतिबेला बाटो थिएन बिजुली थिएन त्यो ठाउँ बाट आएर काठमाडौँमा कलाकार बन्न कत्तिको संघर्स गर्नु परयो होला त्यो त अब सहजै अनुमान गर्न सकिन्छ संघर्स बिना त केहि गर्न सकिदैन, हामी सबै गाउँ बाट आएका हौँ सबैले संघर्स गरेका छौं , कसैले भन्ला कसैले नभन्ला , तर मैले गरेको संघर्स पनि कम छैन , मैले पनि धेरै दुख धेरै मेहनत गरेर यहाँ सम्म आईपुगेकोछु |
गीत संगीतमा यति धेरै संघर्स गरेर अहिले यो स्थानमा हुनुहुन्छ र यहि गीत संगीत बाट हालसम्म के कति सम्मान हात परे ?
सबै भन्दा ठुलो सम्मान भनेको दर्शक श्रोताको माया हो , अहिले म जहाँ छु उहाँ हरुकै मायाको कारणले हो , त्यसै गरि विभिन्न अवार्डहरु , राज्यले गर्ने सम्मान भनेको जनसेवाश्री प्रबल चौथो निबर्तमान सम्माननीय रास्ट्रपति रामबरण यादबको हातबाट दुई वर्ष अगाडी मैले प्राप्त गरेको छु , अरु धेरै सम्मान हरु प्राप्त गरेको छु सम्झिनै पर्छ लामै लिस्ट हुन्छ सम्मानितको |
लोकप्रियताको आधारले धेरै देश बिदेशमा स्टेज कार्यक्रको लागि जानुहुन्छ , कुनै देशमा जाँदा नेपालको सांगीतिक बजार धरासाही देखेर अन्य केहि कलाकार हरु जस्तै उतै पलायन हौँ जस्तो लाग्दैन ?
हेर्नुस यो बिसयमा मैले जहिले पनि प्रस्ट रुपमा भन्ने गरेको छु , बरु म एक छाक खाउँला च्यातिएको लगाउला , मैले विदेश पलाएन हुने कुनै सोच गरेको छैन , म यहि देशमा दुख गरेर गाएकनै बन्न चाहन्छु गितै गाउँन चाहन्छु , भोलि मलाई गीत गाउँन आर्थिकको कारण साह्रै अप्ठेरो भयो भने , सांगीतिक क्षेत्र यस्तै रह्यो भने , बरु नेपालीहरुको माझमा चन्दा मागेर गीत गाउँला , म विदेशको ग्रीन कार्ड लिएर विदेशको पी आर लिएर विदेश बस्दिन , कार्यक्रम गर्न जाने कुरा छुट्टै रह्यो , बरु म पाल्पाको रामपुरमा गएर तरकारी खेति गर्छु कुखुरा पालन गरेर बसौंला माछा पालन गरौँला तर आफ्नो माटो छोडेर म कुनै दोस्रो मुलुक पलाएन हुदिन , यो मेरो दिलको भित्रि कुना देखि उत्पन्न भएको कुरा हो , मलाई यो नेपाल जत्तिको रमाइलो र नेपालमा बस्दा जस्तो गर्भ संसारको कुनै ठाउं लाग्दैन |
भने पछि यहाँको संतुस्ठी हेर्दा बद्रि पंगेनीको कमाइ पनि मजबुद होला ?
तपाइले कमाइलाई मात्र नजोड्नु होला यति दिलदेखि भनेको कुरालाई राष्ट्रियता भन्दा तपाइको केहि जाँदैन भने जोडदिनुस्न , यो राष्ट्रियताको कुरा छ यो स्वाधिनताको कुरा छ आफ्नो माटोको मायाको कुरा छ , कमाई संग मात्र जोड्ने हो भने त २००१ मै बेल्जिएममा बसौं भनेर साथीहरुले भन्नु भएको थियो यति बेला म बेल्जिएमको नागरिक भै सक्थे होला , म संग एक दुइ वटा काठमाडौँमा घर हुन्थे होलान दुइ चार करोड पैसा हुन्थे होलान त्यतिनै हो , तर म संग अहिले दर्शक श्रोताको माया छ , तपाइले पनि यदि म स्वार्थिय हिसाबले द्रोस्रो मुलुकमा रहेको थियं भने यो इन्टरभिउ पनि लिनुहुन्न थियो होला , त्यसैले यसलाई कमाइ संग नजोड्नु होला , यसलाई देशको माया राट्रिय भावको रुपमा लिईदिनु होला |
अहिले पछिल्लो समयमा बिन्दबासिनी म्युजिक बाट रास्ट्रिय भावले ओतप्रोत भएको गीत अभावमा बाँच्न सक्छौं बजारमा ल्याउनु भएको छ यो गीतको बिसयमा आफ्नै मुखबाट प्रस्ट पारिदिनु होला ?
अब यो बर्तमान राजनीतिक अवस्था जुन एउटा राजनीतिक तरलता एउटा अर्थ बेस्तता छ देशमा , यो सबैलाई जानकारी भएको बिसय हो , र यस बाट चाही पूर्व मेची पश्चिम महाकाली सम्म हिमाल पहाड तथा तराइका सम्पूर्ण जनता प्रतक्ष्य रुपमा प्रभावित भै रहेका छौं , देशले जुन किसिमको गति लिनु पर्ने हो त्यो लिई रहेको छैन जनताको अपेक्ष्या जुन थिए त्यो पुरा हुन सकेको छैन , गणतत्र पछि देशको मुहार फेरिन्छ भन्ने जनताले सपना देखेका थिए त्यो सपना सपनामै सिमित भै राखेको छ , सम्पूर्ण कारण भनेको हामी हामी बिचमा एकता नुहुनु हो , हामी बिचमा राष्ट्र र जनता प्रतिको उत्तरदाईत्व नहुनु हो , देशलाई हाँक्ने नेताहरु तिनका दल र तिनका नेताहरुको कमजोरी छ , त्यसो भएको हुनाले मैले यो गीतबाट नेताहरुलाई मिल्नका लागि आग्रह गरेको छु , अहिलेको सबै भन्दा ठुलो खाँचो भनेको एकता हो , त्यसको लागि नेताहरु तयार हुनुपर्छ , आफ्नो दलगत स्वार्थ होला , आफ्नो सिद्दान्त होला आफ्नो आदर्स होला ति सम्पूर्णलाई एकातिर पन्छाएर देश र जनताको लागि एक ठाँउमा आउन पर्छ भन्ने यो गीत मार्फतको अनुरोध हो , र संगसंगै हामीले सबै भन्दा नजिक मान्दै आएको भारतले भूकम्पले थिलो परेको भूकम्पले अस्तबेस्त बनेको यो देश र यो देशको जनता माथि जुन किसिमको अमानबिय बेबहार गरेको छ , एउटा नेपालीको बाँच्न पाउने अधिकार माथिनै हनन भारतले गरयो , त्यसको बिरुद्दमा नै मैले यो गीत मार्फत अप्रत्यक्ष्य रुपमा भन्न खोजेको छु जस्तो ,, रोटि र बेटी भन्छौ हाम्रै घाँटी रेटीरन्छौ भो चाइएन तिम्रो सधासहायता , मोदी जीले जैले पनि रोटि र बेटीको रिस्ताको छ हाम्रो भनेर भासन चाही गर्ने , तर घाँटी चाही रेटीरहने जुन काम भैरहेको छ त्यो गलत हो भनेर यो गीतले बोलेको छ र अर्को चाही हाम्रो सार्बभम सत्ता देश हो , हाम्रो छुट्टै स्वाधिनता , छुट्टै राष्ट्रियता छ , संसारले मानेको एउटा नमुना हो हाम्रो देश त्यसैले यो देशको नियम कानुन ई सबै हाम्रो हो भारतले किन प्रस्न उठाउने ? यो भएन ऊ भएन कमा मिलाउ ब्राकेट मिलाउ ई कुराहरु किन गर्ने , यो ठाडो हस्तक्षेप हो भन्ने कुरा पनि मैले यो गीत बाट प्रस्टपार्न खोजेको छु |
बद्रि पंगेनी बलेको आगो ताप्ने मात्र कलाकार हो ? राजनीतिक दल जुन सत्तामा पुग्यो उसैको गुनगान गाउने ?
बद्रि पंगेनी मात्र होइन नेपाली जनताले नै बलेको आगो तापेको हो नि त , नेपाली जनताले जुन पार्टीलाई जिताए नेपाली जनताले जुन पार्टीलाई निर्तित्व दिए मैले अहिले के पी , प्रचण्ड , सुसिल कोइरालाको नाम नलिएर कस्को नाम लिउं त ? मैले लोकेन्द्र बहादुर चन्दको नाम लिएर हुन्छ ? कि मोहन बिक्रम सिंहको नाम लिउं ? नाम त लिनै पर्छ , राष्ट्रले मानेको नेता राष्ट्रले मानेको पार्टी , म लोक तान्त्रिक पद्दतिलाइ स्वीकार गर्ने मान्छे , प्रजातान्त्रिक पद्दतिलाइ स्वीकार गर्ने मान्छे , नेपाली जनताले बनाएको तिन ठुला पार्टी र तिनै ठुला पार्टीको अध्यक्ष्यको नाम नलिएर मैले कसको नाम लिउं त यो देश लाइ राम्रो गर्छन भने पनि तिनीहरुले गर्ने हो , नराम्रो गर्ने हो भने पनि जस अबजस दुवै , तिनै तीनटा दलका नेताहरुले र मदेशी दलका नेताहरुले लिने कुरा हो , त्यसैले पनि मैले तिनै तीन वटा दलका नेताहरु सहित यो गीत मार्फत भनेको छु ,, उपेन्द्र महन्त राम्रो बाटो रोज वार्ताकै माध्यम बाट सहमति खोज ,, |
यो गीत अभावमा बाँच्न सक्छौंलाइ बजार बेबस्थापन गर्न किन बिन्दबासिनी म्युजिकलाई नै रोज्नु भयो ?
हेर्नुस अहिले म लेखेरै दिन्छु , कुनै कम्पनि छ कलाकारको लागि दुई चार पैसा खर्च गर्दिने हो भने , त्यसको नाम बिन्दबासिनी म्युजिक प्रालि हो , मैले यदि भेट्छु आउँछ कोहि भोलि ल बद्रि पंगेनी तेरो गीतको लागि म खर्च गर्छु भनेर कुनै साहसी म्युजिक कम्पनि फेला परयो भने त्यो कम्पनीमा पनि म जान तयार छु , म कलाकार हुँ सबैको सम्मान गर्नु पर्छ र अहिलेको बर्तमान परिपेक्ष्यमा बिन्दबासिनी म्युजिक प्रालि मात्र मैले यस्तो म्युजिक प्रालि भेटे , जस्ले कलाकारको गीत संगीतमा लगानी गर्दिन्छ भिडिओ बनाइदिन्छ र आफ्नै पैसाले मिडिया प्रमोसन गरिदिन्छ , त्यो कम्पनीको नाम बिन्दबासिनी म्युजिक प्रालि रहेछ , त्यसले गर्दा मैले यो कम्पनीलाई रोजें अरु कुनै स्वार्थ छैन , बरु बिन्दबासिनी म्युजिकका प्रमुख सुबाश रेग्मी संग बेला बेलामा मेरो मतभेद हुन्छ , उहाँसंग म झगडा पनि गर्छु , कुनै सत्रु छ भने सुबाश रेग्मीको त्यो बद्रि पंगेनी होला , तर सुबाश रेग्मी र बिन्दबासिनी म्युजिक प्रालि ले अहिले अवस्थामा जुन काम गरेको छ त्यो जतिनै प्रसंसा गरे पनि कम हुन्छ , भोलि कलाकारका लागि म खर्च गर्छु भनेर कुनै कम्पनि आउँछ भने त्यो कम्पनीको पनि म मुक्त कण्ठले प्रसंसा गर्छु |
अन्तमा यहि आउँदो पौष १० गते सम्पन्न हुने बिन्दबासिनी म्युजिक अवार्डका लागि यहाँ द्वारा स्वर बद्द गीत रातो पछेउरी नोमिनेसनमा परेको छ , यो गीत बाट अवार्ड प्राप्त गर्नेमा कत्तिको बिस्वस्थ हुनुहुन्छ ?
हा हा हा हा .... मलाई बिस्वास छैन , मलाई बिस्वास किन छैन भने बिन्दबासिनी म्युजिक अवार्डमा ४५ प्रतिसत मत जनताको लिइन्छ , म आफु भोटिंग गर्न भ्याउदिन , दर्शक श्रोताले कति गर्दिनु भएको छ मलाई थाहा छैन , अहिले भोटै हाल्दिने मान्छे त्यति पाईदैन जस्तो लाग्छ , सुबाश जी लाई पनि मैले सल्लाह दिएको छु अब अर्को अर्को पटक चाही जुरीको मतलाई र अरु अरु मतलाई लिउँ , यो भोटिंग चाही अलि पुरानो पनि भयो , यस्ले वास्तविक कलाकारलाई न्याय गर्दैन भनेर भनेको पनि छु , अब हेरौं यस वर्ष मत राम्रो रहेछ भने म पनि आशा गरेरै जाने हो , मत रहेनछ भने म आश गर्दिन , बिन्दबासिनी अवार्ड मैले पाउँदा राम्रो अरुले पाउँदा नराम्रो मलाई हुँदैन , बिन्दबासिनी म्युजिक प्रालिले अहिले नेपाली गीत संगीतको संकटग्रस्त अबस्थामा आफ्नो खल्तीको पैसा खर्च गरेर नेपाली गीत संगीतलाइ माथि उठाउने काम गरेको छ , मेरो लागि सबै भन्दा ठुलो अवार्ड त्यहि हुनेछ , त्यसैले मैले बिन्दबासिनी अवार्ड समाउन पाउँ या नपाउँ त्यस्ले मलाई कुनै फरक पार्दैन , तर बिन्दबासिनी म्युजिकले जुन किसिमको लगानी नेपाली गीत संगीत लाई गरेको छ त्यो गर्भको कुरा हो , मेरो र नेपाली गीत संगीतको लागि सबै भन्दा ठुलो अवार्ड त्यहि हुन्छ |
जय गीत जय संगीत
https://www.youtube.com/watch?v=CIhdMY8pt0A